Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीसहित देउवा, प्रचण्डको बैठकमा गृहमन्त्री लेखक र बडाल पनि सहभागी

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं– तीन मुख्य दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, संक्रमणकालिन न्यायसम्बन्धी विषयमा केन्द्रित बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनको विषयमा छलफल भइरहेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखक, महान्यायाधीवक्ता रमेश बडालसहित माओवादीका उपमहासचिव शक्ति बस्नेत पनि सहभागी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्