Nic Ad Nic Ad
Nic Ad Nic Ad

डीडीसीको दूध संकलन केन्द्र बनेपाको गेटमा ताला

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ - बनेपा ८ मा रहेको दुग्ध विकास संस्थान (डिडिसी)को दूध संकलन केन्द्रमा ताला लगाइएका छ।

विगत ५ महिना देखि रोकिएको पैसा नदिकन कात्तिक १ गतेबाट विना सूचना निजी फर्महरूले कृषकहरूसँग संकलन गरेको दूध नलिने निर्णय गरेको भन्दै कृषकहरूले गेटमा ताला लगाइदिएका हुन् । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार ताला खुलाउन प्रहरी प्रशासन दूध संकलन केन्द्रमा पुगेको छ । ताला खुलाउने प्रयास भइरहेको प्रजिअ ढकालले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्