टीआरसीः सिफारिस समितिलाई पूर्णता दिन मुख्य दलका शीर्ष नेताहरू सहमत
काठमाडौं– संक्रमणकालिन न्यायका लागि गठित सिफारिस समितिलाई पूर्णता दिन मुख्य दलका शीर्ष नेता सहमत भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरु सहमत भएका हुन्। विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।
सोही बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी उपमहासचिव शक्ति बस्नेत र महान्यायाधीवक्ता रमेश बडाल पनि सहभागी थिए।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति समेत गठन भएको थियो। तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समिति (सर्च कमिटी)ले पूर्णता पाउन सकेको थिएन।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्