हर्क साम्पाङको कार्यकक्षमा टेबुलकुर्सी राखेर कार्यबाहक पाएका वडाध्यक्षले काम थाले
काठमाडौँ- धरान उपमहानगरको कार्यवाहक मेयर तोकिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले मेयरको कार्यकक्षभित्र टेबल कुर्सी राखेर कार्यवाहकको जिम्मेवारी वहन गर्न थालेका छन् । उपमेयरलाई बाइपास गरेर हर्क साम्पाङले कावा दिएका ११ नम्बर वडाध्यक्ष फागोले हिजोबाट कामकाज थालेका हुन् ।
मामा ससुरा नाता पर्ने वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पिएर हर्क साम्पाङ श्रीमती र छोरासहित लन्डन उडेका छन् । हिजो साम्पाङको कार्यकक्षमा ताला थियो । आज भने ताला खोलेर फागो त्यही बसेर काम गरिरहेका छन् । केही सिफारिसहरूमा तोक लगाएको उनले बताए । उनले प्रमुख प्रशासकीयसँगको सल्लाहमा आफूले सिफारिसहरूमा तोक लगाउने काम गरिरहेको बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१ १५:५१
प्रतिक्रिया दिनुहोस्