Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालतको अवहेलना मुद्दामा बारका अध्यक्ष घिमिरेसँग लिखित जवाफ माग

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ- नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ देखाऊ आदेश जारी गरेको छ।  

न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले बिहीबार रिट खारेज नगरेर जीवित राख्दै कारण देखाऊ आदेश जारी गरेको हो । 

घिमिरेले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा लेनदेन भएको दाबी गर्दै दिएको अभिव्यक्ति विरुद्ध असोज १४ गते सर्वोच्चले प्रतिवेदन उठाएर अदालतको अवहेलना निवेदन दर्ता गराएको थियो ।  बार लामो समयदेखि न्याय परिषद् नियमावलीको विरोधमा रहेको थियो । विरोधकै कार्यक्रम चलिरहेको समयमा न्याय परिषद्ले सर्वोच्चमा दुई जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि टसल सतहमा आएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्