Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपदमा खोज तथा उद्धारका लागि थप हेलिकप्टर किन्न सिफारिस

बिहीबार, कात्तिक १, २०८१

काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को समयमा हुने खोज तथा उद्धारका लागि थप हेलिकप्टर चाहिने निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले विपद्का बेला खोज तथा उद्धारका लागि हेलिकप्टर अपुग भएको निष्कर्ष निकालेको छ ।

प्राधिकरणकाका अनुसार थप हेलिकप्टर किन्न र खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री किन्न प्राधिकरणकै राष्ट्रिय परिषद्लाई सिफारिस गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षता रहने यो परिषद्को बैठक शुक्रबारका लागि बोलाइएको छ ।

यस्तै यस वर्ष मनसुन अवधि जेठ २८ देखि असोज २६ गतेसम्म विपदबाट मृत्यु भएकाहरूको परिवारका एक सदस्यको बीमा गर्न पनि सिफारिस गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्