टीकापुर विमानस्थल सञ्चालनमा ल्याउन सरकारको तयारी
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले कैलालीको टीकापुर विमानस्थल सञ्चालनकाे तयारी गरेको छ ।
मन्त्रालयले टीकापुर नगरपालिकालाई आज एक पत्र लेख्दै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्न तयार रहेकाे बताउँदै त्यसकालागि स्थानीयतहबाट सहयोगका लागि आग्रह गरेको हो ।
पत्रमा एअरपोर्टकाे दुबैतर्फकाे बाटाे बन्दगरी विमानस्थल क्षेत्रको उचित सरसफाइकाे व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१ २१:००
प्रतिक्रिया दिनुहोस्