Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि–२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।

तेस्रोक्रममा आएका कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए।

नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालिएर ब्याटिङ गर्दै अमेरिकाविरुद्ध सम्मानजनक योगफल तयार पारेका हुन्।

कप्तान पौडेलले एक रनले अर्धशतक प्रहार गर्न चुकेको खेलमा ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०७:३९
प्रतिक्रिया दिनुहोस्