दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
दाङ - दाङको बंगलाचुली गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले बताए ।
चुनढुंगा लिएन जान लागेको टिपर घोराही – तापा सडकखण्डअन्तर्गत जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटना भएको हो। बिहीबार राति सडकदेखि करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१ ०९:१२
प्रतिक्रिया दिनुहोस्