Nic Ad Nic Ad
Nic Ad Nic Ad

११ दिनमा उपत्यकामा थामिनसक्नु मोटरसाइकल चोरी, पार्किङमा ध्यान दिनुस्

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– उपत्यकामा ११ दिनमा थामिनसक्नु मोटरसाइकल चोरीका घटना भएको प्रहरीमा जानकारी आएको छ।

असोज १७ देखि २८ गतेसम्म १२५ वटा मोटरसाइकल चोरी भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले जानकारी दिएकी छन्। 

एरियाका हिसाबमा बौद्ध, पालिकाका हिसाबमा काठमाडौं महानगरपालिकामा मोटरसाइकल चोरीका घटना सबैभन्दा धेरै छन्। 

चोरी हुनेमा पल्सर २२० मोटरसाइकल ज्यादा छन्। 

समयका हिसाबमा बिहान नौ बजेदेखि १२ बजेसम्म र पार्किङमा राखिएका मोटरसाइकल चोरी भएका हुन्। 

बारका हिसाबमा शुक्रबार चोरीका घटना ज्यादा छन्। भित्री सडकपेटीमा राखिएका मोटरसाइकल अत्यधिक चोरी भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्