Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछाने पक्राउ गरिने हल्लापछि रास्वपा मुख्यालयमा भेला, प्रचण्डले शंका बढाइदिए

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– सभापति रवि लामिछाने पक्राउ गरिने हल्ला फैलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुख्यालय बनस्थलीमा भेला भएका छन्। 

प्रतिपक्षी माओवादीले बोलाएको बैठकमा सहभागी भएका सभापति लामिछानेसहितका केन्द्रीय नेता बनस्थलीमा पुगेका छन्। उक्त बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई पक्राउ गर्न सकिने अनुमानित विचार राखेका थिए। 

संक्रमणकालिन न्यायसम्बन्धी बैठकमा विहीबार बालुवाटारमा सहभागी भएका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको त्यस्तै विचार सुनेको भनेपछि लामिछाने पक्राउको हल्ला सर्वत्र फैलिएको छ। 

प्रहरीका उच्च अधिकारीले भने अहिले त्यस्तो तयारीका बारेमा जानकारी नभएको तर हल्लाचाहिँ सुनेको भन्ने टिप्पणी गरेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्