Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछाने पक्राउ गर्नका लागि यस्तो प्रक्रिया पूरा हुनुपर्छ

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– एक पटक फेरि रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने शंकाले बजार तताएको छ। 

सहकारी ठगी प्रकरणमा त्यहाँको रकम गोरखा मिडियामा ल्याई अपचलनमा लामिछानेको सहभागीता रहेकाले कारबाही गर्नुपर्ने संसदीय समितिको निचोड थियो। 

तर लामिछानेलाई पक्राउ गर्नका लागि केही प्रक्रिया पूरा हुनुपर्छ। विशेष पूर्जी या पक्राउ पूर्जी सहकारी भएका जिल्ला रुपन्देही अथवा कास्की जिल्लाबाट अदालतले जारी गर्नुपर्छ। 

उक्त पूर्जी जिल्ला प्रहरी कार्यालयमा आएपछि पक्राउका लागि उपत्यका प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी परिसर काठमाडौंमा समन्वयका निम्ति पत्राचार हुन आवश्यक हुन्छ। 

यो प्रक्रियाबाट लामिछानेलाई पक्राउ गर्नुपर्ने हुन्छ। तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै शंका बढाइदिएपछि रास्वपा नेताहरु अहिले सशंकित छन्। 

उनीहरू मुख्यालयमा भेला भइसकेका छन्। सभापति लामिछानेले यसअघि नै विभिन्न जिल्लामा भाषण गर्ने क्रममा दशैंपछि पक्राउको तयारी रहेको भन्ने गरेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:४७
प्रतिक्रिया दिनुहोस्