Nic Ad Nic Ad
Nic Ad Nic Ad

दाङमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, कात्तिक २, २०८१

घोराही– दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए। 

घोराहीबाट तापातर्फ जाँदै गरेको रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्