Nic Ad Nic Ad
Nic Ad Nic Ad

छविलाई अभियोजन लगाउने बेला रविको पक्राउ परिने हो–हल्लाबाजी

कास्की प्रहरीमा छविले दिएको बयानका मुख्य बुँदा थाहा पाएपछि रास्वपाका आधा दर्जन नेताका अनेक डंका
शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– उता कास्कीमा गोरखा मिडियाको सञ्चालक रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान सकी अदालतमा मुद्दा अभियोजन गर्ने बेलामा यता रास्वपा सभापति रवि लामिछानेले पक्राउ परिने हो–हल्ला ब्यापक बनाएका छन्।

छविलाल जोशीले दिएको ३६ पृष्ठ लामो बयानमा सहकारी ठगीमा जीबी राईको हात रहेको र गोरखा मिडियाको रकम अपचलनमा भने रविको पनि संलग्नता रहेको हुन सक्ने बयान दिएको उच्च स्रोतले जनाएको छ। 

सोही बयानका आधारमा सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा चलाउने तयारी गरेको छ। सूर्यदर्शन सहकारी ठगी गरी गोरखा मिडियामा रकम ल्याइएको थियो।

बयानका मुख्य बुँदाबारे लामिछानेलाई जानकारी भइसकेको छ। आफ्नो पनि नाम मुछिने र अनुसन्धान हुन सक्ने भएपछि पक्राउ परिने हो–हल्ला चलाएका छन्।

शुक्रबार मुख्य प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितको बैठकमा पुगेका रास्वपाका आधा दर्जन नेताले पनि लामिछानेलाई पक्राउको तयारी गरिएकोले त्यसको प्रतिवाद गर्न प्रस्ताव अघि सारेका थिए।

यसअघि छविलाल जोशीलाई काठमाडौंमा पक्राउ गरेका बेला आफू पनि परिने त्रासमा लामिछानेले सरकारले षडयन्त्र गरिरहेको भनी हल्ला गरेका थिए। यसबाहेक उनले फेसबुकमा लाइभ आएर पनि सो विषयमा बोलेका थिए। 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्