Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकामा दशैंको अवधिमा ७५५ जना मापसे कारबाहीमा

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- दसैँको फूलपातीदेखि पूर्णिमासम्ममा ७५५ जना ट्राफिक प्रहरीको मापसे कारबाहीमा परेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार यो अवधिमा ६६० जना सवारी चालक तीव्र गतिमा सवारी चलाएको आरोपमा कारबाहीमा पक्राउ परेका छन् ।दसैँको अवधिमा १७७ जना लेन अनुशासन, ४५० जना रेड लाइटमा सवारी चलाउँदा कारबाहीमा परेका छन् ।

अनावश्यक हर्न बजाएको आरोपमा १८० जना, जथाभाबी पार्किङ गरेको आरोपमा ५२३, बढी भाडा लिएको आरोपमा १३ जना कारबाहीमा परेका छन् ।

क्षमताभन्दा बढी यात्रु र मालसामान बोकेको आरोपमा ११६, आरक्षण सिटमा अरूलाई राख्दा १ जना, सीसी टिभी हेरेर ६७२, नम्बर प्लेट स्पष्ट नराख्दा १२ र अनलाइनमार्फत परेका उजुरीका आधारमा ६३ जना कारबाहीमा परेका छन् ।

उनीहरूलाई यातायात व्यवस्था ऐनअनुसार जरिवाना र सचेतना कक्षा ट्राफिक प्रहरीले लिनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्