Nic Ad Nic Ad
Nic Ad Nic Ad

सलमान खानलाई ज्यान मार्ने धम्की, मुम्बई पुलिस धम्क्याउनेको खोजीमा

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ। लरेन्स बिस्नोईको समूहका व्यक्ति बताउनेले ह्वाट्स एपमार्फत धम्कीपूर्ण अडिओ पठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

धम्क्याउनेलाई मुम्बई पुलिसले खोजी सुरु गरेको छ।

मुम्बई पुलिसका अनुसार धम्कीपूर्ण सन्देशमा लेखिएको थियो, ‘यसलाई हल्का रूपमा नलिनुहोस्। यदि सलमान खान जीवित रहन र लरेन्ससँगको दुश्मनी अन्त्य गर्न चाहन्छन् भने उनले ५ करोड रुपैयाँ तिर्नुपर्नेछ। पैसा नदिए सलमान खानको हालत बाबा सिद्दिकीको भन्दा खराब हुनेछ।’

सलमानका निकट सहयोगी र एनसीपी नेता बाबा सिद्दिकीको अक्टोबर १२ मा हत्या भएको थियो। अहिले सलमान खानको सुरक्षा संख्या थप गरिएको छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्