Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिपक्षीसँग संसदको विशेष अधिवेशन बोलाउने संख्याको सङ्कट

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– सरकार असफल भइसकेको निचोड निकालेर प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउनका लागि मोर्चाबन्दी कसेका प्रतिपक्षी दलसँग संख्याको सङ्कट परेको छ।

विपक्षी गठबन्धनमा रहेका दल नेकपा माओवादीसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ र नेकपा एकीकृत समावजादीसँग १० सिट गरी अहिले उनीहरूसँग ६३ सिट छ। 

विशेष अधिवेशन आह्वानका निम्ति विपक्षीसँग कम्तिमा ६९ जना सांसद चाहिन्छन्। केही स्वतन्त्र सांसदले साथ दिँदा पनि नपुग्ने भएपछि एउटा कार्यदल गठन गरी मागपत्र बुझाउने तयारी भएको छ।

संख्या पूरा गर्नका लागि सत्ता पक्षमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहयोग लिन खोजिएको थियो। उनीहरू त्यसमा राजी भएनन्। लोसपा अध्यक्ष महन्थ ठाकुर र नाउपा अध्यक्ष सञ्जिता श्रेष्ठ राजी नभएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेको विशेष अधिवेशनको घनचक्कर सङ्कटमा देखिएको हो।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्