Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविलाई पक्राउ गर्न आउने प्रहरीलाई प्रतिकार नगर्न रास्वपाको आग्रह

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्न आउने प्रहरी अधिकारीहरूलाई प्रतिकार नगर्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।

रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले यस्तो आग्रह गरेका हुन् । “पार्टी सभापतिलाई पक्राउ गर्न आउनुभएका प्रहरी अधिकारीहरूलाई कुनै किसिमको प्रतिकार र अवरोध नगर्न पार्टी सदस्यहरूलाई अनुरोध गरिएको छ,” उनले भनेका छन् ।

उनले पार्टी सभापतिलाई सत्तापक्षले कसैको राजनीति अवसर जोगाउन कुण्ठित कदम चालेको आरोप उनले लगाएका छन् । “सत्तापक्षले राजनीतिक प्रतिशोध साँधेको कुरामा हामी स्पष्ट छौँ,” उनले भने ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्