Nic Ad Nic Ad
Nic Ad Nic Ad

छविलाल जोशीलाई थप २० दिन हिरासतमा राख्न अदालतको अनुमति

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौँ- सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले थप २० दिनको अनुमति दिएको छ ।

शुक्रबार अदालतले उनलाई असोज १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरेको हो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक पाँच दिन र दोस्रो पटक सात दिन म्याद थप गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्