Nic Ad Nic Ad
Nic Ad Nic Ad

पक्राउ गरी पोखरा लाने क्रममा रहेका रवि लामिछानेलाई सशस्त्र प्रहरीको क्याम्पमा ‘ज्वाँई खाना’

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई उनको इच्छाअनुसार स्कर्टिङ गरेर निजी गाडीमा पोखरा लाने क्रममा बेलुकाको भोजन सशस्त्र प्रहरीको कुरिनटार क्याम्पमा गराइएको छ। 

उच्च स्रोतका अनुसार पत्नीसहित निजी गाडीमा रहेका लामिछानेलाई सशस्त्र प्रहरीको विपद तालिम केन्द्रमा मन परेको खाना खुवाइएको छ। 

हँसिद मुद्रामा रहेका लामिछानेसहित उनकी पत्नी निकीता पौडेल र पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमाले पनि त्यहाँ खाना खाएकी छन्। 

सहकारी ठगीको रकम अपचलनको आरोपमा कास्की प्रहरीले पक्राउ गरी काठमाडौंस्थित परिसर, सीआईबी र अपराध महाशाखालाई पत्र पठाएपछि लामिछानेलाई पक्राउ गरिएको थियो।

हत्कडी नलगाई लगिएका लामिछानेलाई ‘ज्वाँई जस्तो सत्कार गरेर’ पोखरायात्रा भइरहेको उच्च सुरक्षा अधिकारी बताउँछन्।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्