Nic Ad Nic Ad
Nic Ad Nic Ad

शनिबार बिहान ३ बजे प्रहरीले पोखरा ल्यायो रवि लामिछाने, जिप्रका हिरासतमा राखियो

शनिबार, कात्तिक ३, २०८१

पोखरा– सहकारी रकम अपचलन र संगठित अपराध समेतमा अनुसन्धानका लागि पक्राउ गरिएका रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले शनिबार बिहान ५ बजे पोखरा ल्याएको छ। 

काठमाडौंबाट शुक्रबार राती पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहितको टोलीले पोखरा ल्याएको हो। स्थलमार्ग हुँदै जिल्ला प्रहरी कार्यालय कास्कीसम्म ल्याउने क्रममा लामिछानेका कार्यकर्ताले प्रहरीको सवारीमा आक्रमण गर्नुका साथै बाटो अबरोध गरेका थिए। 

पोखरामा पनि बिहानको राती नाराबाजी गरिएको थियो। उपसभापति डीपी अर्यालसहितको टोली पनि पोखरा आइपुगेको छ। प्रतिवादमा उत्रिनका लागि रास्वपाले आह्वान गरेको थियो।

फरार रहेका तत्कालिन ग्यालेक्सी टीभीका अध्यक्ष जीबी राई र लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी बन्जाडेसमेत मिलेर गोरखा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम लगी अपचलन गरेको भनी पीडितको उजुरी परेको थियो। 

ठगीको यो प्रकरणलाई रास्वपाले भने राजनीतिक प्रतिशोधको नाम दिएर संस्थागत बिरोध गरिसकेको छ। कार्यबाहक प्रवक्ता मनिष झाले शुक्रबार नै विज्ञप्ति जारी गरी त्यस्तो बताएका थिए।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्