Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराको सुरक्षा व्यवस्था कडाः रास्वपा कार्यकर्ता र सहकारी पीडित आमने–सामने

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं– पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ। रास्वपा सभापति रवि लामिछाने पक्राउ गरिएपछि कार्यकर्ताले प्रदर्शन आह्वान गरेका बेला सहकारी पीडितले पनि धर्ना गर्ने भएका छन्। 

दुवै पक्ष आमने सामने हुने खतरा बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। रविको समर्थनमा चिप्लेढुंगाको मानव अधिकार चौकमा रास्वपाको कार्यक्रम तय गरिएको छ भने जिल्ला प्रहरी कार्यालयनजिक सहकारी पीडितले धर्ना दिने तयारी भएको छ। 

जिल्ला प्रशासन कार्यालय कास्कीले दुवै पक्षलाई सभा र प्रदर्शन नगर्नका लागि आग्रह गरेको छ। अवस्था फरक देखिने सम्भावना भएको खण्डमा बल प्रयोग वा निषेधित क्षेत्र समेत घोषणा गरिने प्रशासनले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्