Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले भने– त्यहि मात्र न्यायाधीश कसरी आयो?

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं– रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गर्ने कास्कीका जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहमाथि प्रश्न उठाएका छन्। 

पोखरामा भएको प्रदर्शनका क्रममा शनिबार सम्बोधन गर्ने क्रममा उनले भने,‘सरकारले अदालतको प्रयोग गरेको छ। ७ जना न्यायाधीशमा त्यहि मात्र न्यायाधीश कसरी आइपुग्यो?’

उनले कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका ऋषिकेष पोखरेललाई उही प्रकारको सहकारी प्रकरणमा जोगाउने तर लामिछानेलाई फँसाउने राजनीतिक प्रपञ्च रचेको पनि बताए। 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार