Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौंमा पनि रास्वपाको प्रदर्शन

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं -

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेका छन् ।

 लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिरहेका छन्  ।

भाटभटेनी सरकार मुर्दावाद, सरकार मर्‍यो जुठो पर्‍यो, सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशोध बन्द गरलगायतका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन  गरिएको छ । 

 लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामिछानेलाई शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो ।

रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ । सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको प्रतिवेदन दिएपछि पनि प्रतिशोध साँधेर पक्राउ गरेको आरोप उनीहरुले लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्