Nic Ad Nic Ad
Nic Ad Nic Ad

उच्चस्तरीय चिनियाँ टोली काठमाडौंमा

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं- उच्चस्तरीय चिनियाँ टोली काठमाडौँ आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरूको टोली शनिबार काठमाडौँ आइपुगेको हो । चिनियाँ टोलीलाई एमाले नेता राजेन्द्र गौतम सहितका नेताहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । आइतबार काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुने उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको छ । 

उक्त कार्यक्रममा बीआरआईको कार्यान्वयन र बीआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरूले धारणा राख्ने बताइएको छ । 

चिनियाँ टोलीले बिभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने बुझिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्