Nic Ad Nic Ad
Nic Ad Nic Ad

फ्रान्सेली विदेशमन्त्री एकता भ्रमणका लागि युक्रेनमा

शनिबार, कात्तिक ३, २०८१

काठमाडौँ- फ्रान्सेली विदेशमन्त्री जीन-नोएल ब्यारोट युक्रेनका लागि फ्रान्सको समर्थन व्यक्त गर्ने दुई दिने युक्रेन भ्रमणका लागि शनिबार किभ आइपुगेकी छन् ।

फ्रान्सेली विदेशमन्त्री ब्यारोट किएभमा रहँदा समकक्षी एन्ड्री सिबिगा लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।फ्रान्सको इन्टर पब्लिक रेडियोमा शुक्रबार बोल्दै विदेश मन्त्री ब्यारोटले भ्रमणको उद्देश्य फ्रान्स कुनै पनि संकटबाट पछि हट्ने छैन भन्ने प्रतिवद्धतासहित युक्रेनको जोखिममा सुरक्षा, खाद्य र ऊर्जा लगायतका विषयमा सहयात्रा जनाएको उल्लेख गरिन् ।

उनले यस अघि रूसद्वारा अपहरण गरिएका युक्रेनी बालबालिकाको विषयमा पनि छलफल गर्ने बताइन् । अमेरिकी राष्ट्रपति जो बाइडेन , जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले न्यायपूर्ण र स्थायी शान्ति सुरक्षित गर्ने प्रयासमा युक्रेनलाई समर्थन जारी राख्ने संकल्प शुक्रबार व्यक्त गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई विजय योजना प्रस्तुत गरेको केही दिनपछि ब्यारोटको युक्रेन भ्रमण भएको हो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो पहललाई बढावा दिन वासिङ्टन, पेरिस, बर्लिन, रोम र लन्डनको यात्रा गरिसकेता पनि अझै पूर्ण समर्थन प्राप्त भइसकेको छैन ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्