ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
कालीकोट- कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्ड अन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका-५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए । ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ । चालकको घटनास्थलमै मृत्यु भए पनि सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१ १९:२७
प्रतिक्रिया दिनुहोस्