Nic Ad Nic Ad
Nic Ad Nic Ad

भदौमा साढे दुई लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो महिना भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता साढे दुई लाख बढीले बढेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ लाख ३४ हजार ९ सय ५७ ले बढ्दै २ करोड ५२ लाख ७ हजार १ सय २२ पुगेको छ । साउन मसान्तसम्म ३ २ करोड ४९ लाख ६१ हजार १ सय ६५ रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या भदौमा बढेको हो ।

अघिल्लो भदौमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १६ लाख ९१ हजार ४७४ थियो। गत वर्षको सोही अवधिको तुलनामा प्रयोगकर्ताको सङ्ख्या ३२ लाख ६९ हजारले बढी हो। गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या २ करोड १९ लाख लाख ५७ हजार ६९२ थियो ।

मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यासँगै वालेट प्रयोगकर्ताको पनि सङ्ख्यामा पनि सामान्य वृद्धि देखिएको छ । साउनको तुलनामा भदौमा वालेट प्रयोगकर्ताको सङ्ख्या ६ हजार ८२५ ले बढेको हो । साउनसम्म २ करोड ४२ लाख ५७ हजार ६५६ रहेको वालेट प्रयोगकर्ताको सङ्ख्या भदौमा २ करोड ४२ लाख ६४ हजार ४८१ पुगेको छ ।

गत वर्षको भदौमा वालेट प्रयोगकर्ताको सङ्ख्या १ करोड ९९ लाख २२ हजार ४४३ रहेको थियो । भदौमा इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या भने २३ हजार ९९० ले बढेको छ। हाल देशमा १९ लाख ८६ हजार ८१७ जना इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता छन् ।

भदौमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ बराबरको भुक्तानी भएको छ। साउनमा मोबाइल बैंकिङ्गबाट ३ खर्ब ७७ अर्ब ६ करोड रुपैयाँ बराबरको भुक्तानी भएको थियो । वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँको भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ। साउनमा ४३ अर्ब भुक्तानी भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्