Nic Ad Nic Ad
Nic Ad Nic Ad

द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट विद्यार्थी

शनिबार, कात्तिक ३, २०८१

काठमाडौँ–   ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेको कलेजले जनाएको छ।

कलेजका अनुसार द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी शर्मा गत सेप्टेम्बरमा भएको एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेर विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका हुन्। 

एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका कलेजले जनाएकाे छ।

अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन्। यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका थिए।

यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए। 

त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए। रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो। विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनीय उपलब्धि रहेको कलेजले जनाएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्