मेची भन्सारबाट तीन अर्ब ५८ करोड राजस्व सङ्कलन
झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८१–८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।
चालु आव २०८१–८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।
आव २०८०–८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो ।
आर्थिक वर्ष २०८०–८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो ।आव २०८१–८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ ०७:५३
प्रतिक्रिया दिनुहोस्