प्रचण्डका उत्तराधिकारी बन्दै बिप्लव, माओवादीमा महासचिव त ‘रिजर्भ’
काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेविरुद्ध रास्वपा मैदानमा रहेका बेला प्रमुख प्रतिपक्षी दल माओवादी भने खण्डित पक्षलाई एकताको शुत्रमा बाँध्ने अभियानमा लागेको छ।
बिभाजित भएका माओवादीलाई एक ठाउँमा ल्याउने विषयसँगै नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा, माओवादी केन्द्रसँग एकीकरण हुने लगभग पक्का छ।
बिप्लव माओवादी केन्द्रमा एकीकृत भएको खण्डमा महासचिव र पुष्पकमल दाहाल प्रचण्डका उत्तराधिकारी बन्ने सम्भावना बलियो रहेको बताइएको छ।
अहिले समाजवादी मोर्चामा माओवादीसँग रहेको नेकपा एकीकृत हुँदा माओवादीको ताकत बलियो हुने बिप्लव उत्तराधिकारी बन्ने उच्च स्रोतले जनायो।
प्रचण्ड पनि बिप्लवलाई माओवादीमा ल्याउन पाउँदा खुशी हुनेछन्। उनले भने,‘बिप्लवजीको प्रस्ताव निक्कै राम्रो छ। अब सबै विभाजित भएका माओवादी एक ठाउँमा उभिनुपर्छ।’
बिप्लव नेकपा माओवादीबाट बिभाजित हुँदै मोहन बैद्यको पक्षमा लागेका थिए भने त्यहाँबाट पनि बिभाजन गरेर फरक पार्टी बनाएर हिंसात्मक आन्दोलनमा थिए।
०७४ पछि उनी शान्तिपूर्ण राजनीतिमा आउँदै अब ०८४ को निर्वाचनमा सहभागी हुने निर्णयमा पनि पुगेका छन्।