Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ - पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ । 

मिश्र केही दिनअघि डेंगी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 


मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्