Nic Ad Nic Ad
Nic Ad Nic Ad

कास्कीको शहिद चोक र गैह्रापाटनका आसपास निषेधित क्षेत्र घोषणा

आइतबार, कात्तिक ४, २०८१

पोखरा - पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यो निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचनाच जारी गर्दै प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र ताेकिएकाे थियाे ।

suchana-1729404919.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्