नेभिगेशन
राजनीति

रास्वपाको प्रत्येक जिल्लामा सर्कुलर–कम्तिमा सय जना पोखरा जानू

कास्की– अनुसन्धान प्रभावित बनाउनका लागि भिड जम्मा गर्ने उद्देश्यसाथ रास्वपाले प्रत्येक जिल्लामा सर्कुलर जारी गरी कम्तिमा एक सय जना कार्यकर्ता पोखरामा जति सक्दो चाँडो उपस्थित हुन भनेको छ।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा लगिएको छ। आइतबार उनलाई अनुसन्धानका लागि म्याद थप हुँदैछ। 

विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ। केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन्। शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ।

‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।’

कार्यकर्ताको ठूलो संख्या उतारेर प्रहरीको अनुसन्धान र अदालतलाई समेत प्रभावित बनाउने रास्वपाको रणनीति रहेको छ। तर जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबारदेखि अनिश्चितकालका लागि विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ। 

उता, सहकारी पीडितले पनि न्यायको माग गरी आइतबारदेखि प्रदर्शन सुरु गरेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति