Nic Ad Nic Ad
Nic Ad Nic Ad

शहीद चोकमा प्रहरीसँग धकेलाधकेल, निषेधाज्ञापछि प्रदर्शनको रणनीति बनाउँदै रास्वपा

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ता र प्रहरीबीच पोखराको शहीद चोकमा धकेलाधकेल भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी गरेको क्षेत्रमा रहेका कार्यकर्तालाई प्रदर्शन नगर्नका लागि प्रहरीले आदेश सुनाउँदा त्यस्तो अवस्था आएको हो।

यसैबीच स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि रास्वपाले प्रदर्शनको रणनीतिबारे निर्णय लिन उपलब्ध नेताको बैठक राख्ने भएको छ। स्थानीय प्रशासनले ५ जना भन्दा बढी भेला नहुनका लागि सूचना जारी गरेको थियो।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्