पोखरामा रास्वपाका कार्यकर्ताको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अश्रुग्यास प्रहार गरी तितरबितर
काठमाडौं– निषेधित घेरा तोडेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि प्रहरीले पानीका फोहोरापछि अश्रुग्यास प्रहार गरेको छ।
भिड तितरवितर पार्नका लागि प्रहरीले शहीद चौकस्थित निषेधित क्षेत्रमा हस्तक्षेप गरेको हो। म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेलाई हेर्नका लागि भिड अदालततिर लम्किए पछि प्रहरीले हस्तक्षेप गरेको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्