Nic Ad Nic Ad
Nic Ad Nic Ad

शान्तिपूर्ण आन्दोलनमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलनमा दमन गरेको बताएकी छिन् । 

पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोलनलाई दमन गरेको बताएकी हुन् ।

उनले  भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण  आन्दोलनको दमन गर्नु प्रहरी प्रशासनबाट यो हुनु हामीलाई जायज छैन । भुँईमा बसेर शान्तिपूर्ण  तरिकाले आन्दोलन गरिराख्दाखेरी  जसले विधिको शासन जोगाउनुपर्ने , सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै यसरी दमन हुन्छ भने हामी विधि भन्दा बाहिर गएको शासनलाई विधिभित्र ल्याउने काम गर्नेछौं ।’


 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्