Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन मात्रै गर्दै आएको थियो ।

सन् १९९३ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमसेर जबराको पालामा चिडियाखाना स्थापना भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्