Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’ मा स्वर्ण पदक विजेता टोली सुशोभित

आइतबार, कात्तिक ४, २०८१

 काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’ मा स्वर्ण पदक विजेता टोलीलाई सुशोभित गरेका छन् । 

संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२४’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति सिग्देलले आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति प्रशंसा निशान प्रदान गरेका हुन् ।

अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मुल्यांकन स्वरूप प्रतियोगितामा सहभागी नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित दश जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा निशान द्वारा सम्मान गरिएको हो ।

गत आश्विन १८ गतेबाट आश्विन २७ गतेसम्म मित्रराष्ट्र बेलायतको वेल्स, ब्रेकनमा सञ्चालित उक्त अभ्यासमा ३७ राष्ट्रका १२१ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘कम्ब्रियन गस्ती अभ्यास’ मा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ । उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१७, २०१९ र २०२४ समेत ३ पटक स्वर्ण पदक प्राप्त गरेको छ ।

कार्यक्रममा नेपाली सेनाका रथी वृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्