Nic Ad Nic Ad
Nic Ad Nic Ad

कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं- सरकारले कतार सरकारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक जोडी हात्ती कतार सरकारलाई उपहार दिने निर्णय गरेको हो ।

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्