Nic Ad Nic Ad
Nic Ad Nic Ad

राहत र पुनः स्थापनामा सरकार दृढ र सक्रिय छ: प्रधानमन्त्री ओली

आइतबार, कात्तिक ४, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई राहत तथा पुनः स्थापना दिने कर्तव्य पूरा गर्न सरकार दृढ र सक्रिय रहेको बताएका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज सहयोग हस्तान्तरण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आएका विभिन्न संस्थाका प्रमुख र प्रतिनिधिलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले जाजरकोट केन्द्रबिन्दु भई गत वर्ष गएको भूकम्पका प्रभावितलाई ढिलै भए पनि दोस्रो किस्ता दिइएको र मनसुनजन्य विपदबाट प्रभावितलाई छिटोछरितोरुपमा राहत वितरण गरिने बताए ।

सो अवसरमा कोषमा नेपाल आयल निगमबाट रु. तीन करोड, युनिलिभर कम्पनीबाट रु. ३० लाख (यसअघि रु. २० लाख दिइसकेको), माछापुच्छ्रे बैँकबाट रु. २५ लाख र पूर्व राष्ट्रसेवक कर्मचारी सङ्गठनबाट रु. एक लाख हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्