Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिसो शुरु भएसँगै दिल्लीमा वायु प्रदूषण चक्र शुरु

आइतबार, कात्तिक ४, २०८१

 एजेन्सी -जाडो मौसम शुरु भएसँगै दिल्लीमा वायु प्रदूषण बढ्न थालेको छ । सरकारी तथ्याङ्कअनुसार आज दिल्लीको वायु गुणस्तर सूचक २६०–२६५ को बीचमा रहेको छ, जुन ‘खराब’ को श्रेणीमा पर्ने भारतको मौसम विभागले जनाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार आउँने दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका  छन् । वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । दूषित हावाले हरेक वर्ष दिल्लीवासीहरूमाझ गम्भीर स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । वायुको गुणस्तर सूचाङ्क ० देखि ५० बीचमा भएमा हावाको गुणस्तर राम्रो मानिन्छ ।

५१ देखि १०० सम्मको हावाको गुणस्तर सन्तोषजनक, १०१ देखि २०० अलिकति प्रदूषित, २०१ देखि ३०० खराब, ३०१ देखि ४०० अत्यन्तै कमजोर र ४०१ देखि ५०० सम्मको वायुको गुणस्तरलाई गम्भीर मानिन्छ ।

मौसम विभागका एक वैज्ञानिकले दिल्लीको वायुको गुणस्तर आउँदा  दिनमा अझै  ‘अत्यन्त कमजो’ रहने अनुमान गरेको बताएका छन् । केही स्थानीयहरूले पनि अहिले दिल्लीको प्रदूषण चक्रको शुरुवाती दिन मात्र आएको र सबैभन्दा खराब अवस्था आउनै बाँकी रहेको बताएका छन् ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्