Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्रिकेट

टी–२० विश्वकपको अन्तिम ८ खेलेको अमेरिकाविरुद्ध नेपालको ह्वाइटवास, क्रिकेटमा उक्लिँदैछ

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– क्रिकेटमा नेपालको राष्ट्रिय टोली विस्तारै अझ माथि जाने उपक्रममा छ। टी–२० विश्वकपमा स्तब्ध भए पनि त्यसको अन्तिम ८ खेल खेलेको अमेरिकी राष्ट्रिय टोलीसँगको सिरिजमा ह्वाइटवास गरी सान्त्वना मिलेको छ।

सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटको जित निकालेसँगै नेपालले सिरिज ह्वाइटवास गरेको हो।

आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। यस्तै रिजन ढकाल र ललित राजवंशीले १–१ विकेट लिए।

आइतबारको खेल सुपरओभरमा पुगेर जित निकालेको थियो। १७० रनको लक्ष्य दिएको नेपालविरुद्ध अमेरिकाले बराबर गरेपछि खेल सुपर ओभरमा पुगेको थियो। 

सुपर ओभर पुराउनका निम्ति सोमपाल कामीको बलिङ लाभदायक र लोभलाग्दो भएको थियो। उनले खेलको अन्तिम ओभरमा अमेरिकालाई रोकेर

सुपर ओभरमा लगेका थिए। सुपर ओभरमा दुई रन मात्र खर्चेर कामीले दुई विकेट लिएपछि नेपालको जित निकाल्न सफल भए। 
उक्त खेलमा ९२ रन बनाएर कुशल भुर्तेलले आफूलाई प्रमाणित गरेका थिए। 

सिरिजको पहिलो खेलमा नेपालले दिएको १६५ रनको लक्ष्य दिएको थियो। ९ विकेट खर्चेर दिएको लक्ष्य २० ओभरमा जम्मा १४७ रन बनाएको थियो। 
नेपालका लागि यो सिरिजको जित महत्वपूर्ण थियो।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्