Nic Ad Nic Ad
Nic Ad Nic Ad

एलन मस्कले डोनल्ड ट्रम्पका मतदातालाई हरेक दिन १० लाख अमेरिकी डलर बाँड्न थाले

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– अमेरिकी अर्बपति तथा टेस्लाका मालिक एलन मस्कले राष्ट्रपतीय निर्वाचनमा डोनल्ड ट्रम्पका रिपब्लिकन मतादातालाई हरेक दिन १० लाख अमेरिकी डलर बाँड्ने काम सुरु गरेका छन्।

शनिबार १० लाखको चेक दिएर यो प्रक्रियालाई मस्कले पूर्वघोषित कार्यक्रम अनुसार सुरु गरेका हुन्। उनले ७ करोड अमेरिकी डलरसम्म बाँड्ने घोषणा गरेका थिए। 

मस्कले पेन्सिल्भेनियाको एक टाउन हल कार्यक्रममा भने, ‘हामी याचिकामा हस्ताक्षर गर्ने व्यक्तिहरूलाई अनियमित रूपमा १ मिलियन पुरस्कार दिनेछौं।’ 

दी गार्जियनका अनुसार मस्कले मिडियाले जनतासम्म यो विषयको जानकारी नदिनु एउटा चुनौति रहेको उक्त कार्यक्रममा बताएका थिए। 

लक्की ड्र मार्फत यसरी मस्कले डोनल्डको पक्षमा चुनावी प्रचारलाई तिव्रता दिन थालेका हुन्। उनको यस्तो अवसरमा केही सामान्य शर्त भनेकोचाहिँ यो पुरस्कारको लागि योग्य हुन, हस्ताक्षरकर्ताहरू मुख्य युद्धभूमि राज्यहरूमा दर्ता मतदाता हुन आवश्यक छ।

पिटिशनमा हस्ताक्षर गर्नु पनि अब मस्कको टाउन हल कार्यक्रमहरूमा भाग लिनको लागि पूर्व शर्त हो।

यस्तो पुरस्कारको वैधता पनि अस्ष्ट रहेको गार्जियनले लेखेको छ। तर धेरै कानुनी विज्ञहरूले यस्तो घोषणाले संघीय निर्वाचन कानूनको उल्लङ्घन गरेको देखिन्छ जसले कसैलाई मतदान गर्न दर्ता गर्न वा वास्तवमा अमेरिकी निर्वाचन कानुनको शीर्षक ५३ अन्तर्गत भोट दिनको लागि भुक्तान गर्न वा प्रस्ताव गर्न निषेध गर्दछ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्