Nic Ad Nic Ad
Nic Ad Nic Ad

राणाको बढुवा सिफारिसपछि नेपाल प्रहरीको इतिहास फेरियो

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु रहेका छन्।

बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको समितिका सदस्य सचिवसमेत रहेका आईजी बसन्तबहादुर कुँवरले जानकारी दिए।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छिन्।

यसले नेपाल प्रहरीको इतिहास नै अलग बनाइदिएको छ। राणाको बढुवापछि प्रहरीको उच्च तथा निर्णायकी तहमा फेरि दुई जना महिला एआईजी पाएको छ। यसअघि किरणसँगै मिरा चौधरीले पनि काम गरेकी थिइन्। 

उमेरहदका कारण चौधरी सेवा निवृत्त भइन्।

अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुखका रुपमा एआईजी किरण बज्राचार्यले प्रभावकारी काम गरिहेकी छन्। राणाको बढुवापछि प्रहरीका ७ एआईजी मध्य दुई महिला हुनेछन्। 

अब, निर्णायकी तहमा रहेर का गर्ने दुई किरणले प्रहरीमा महिला भविष्य उच्च तहमा पुग्ने हुन्छ भन्ने उदाहरण फेरि पेश भएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्