Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेदरल्यान्ड्सका लिडेले एनपीएलमा पोखराबाट खेल्ने

सोमबार, कात्तिक ५, २०८१

काठमाडाैं - नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याउने क्रममा लिडेलाई भित्र्याएको जानकारी दिएको छ । यसअघि पोखराले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल रहेका छन् ।

एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्