Nic Ad Nic Ad
Nic Ad Nic Ad

विपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

सोमबार, कात्तिक ५, २०८१

 काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

विपक्षी दलहरुले बाढी पहिरोपछिको राहत उद्धार र पुनस् निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

यस अघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र तयार गर्न माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदल बनाएको थियो ।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्