नेभिगेशन
राजनीति

अरु पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नलिन महासचिव पोखरेलको सुझाव 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता कार्यकर्ताले एमालेको भविष्यका बारेमा चिन्ता नलिन सुझाव दिएका छन्। 
सोमबार सामाजिक सञ्जालमार्फत उनले यस्तो सुझाव दिएका हुन्। 

व्यावसायी मिनबहादुर गुरुङसँग जग्गा लिएको विषयमा एमालेको आलोचना भइरहेका बेला महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्नै पर्दैन नि!’ 

उनले एमालेलाई कस्तो बनाउने एमाले लाई नै छोडिदिन आग्रह गर्दै जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? भन्ने एमालेलाई राम्ररी थाह भएको उल्लेख गरेका छन्। 

‘त्यही भएर नै एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ’, पोखरेलले थप भनेका छन्,‘कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक सञ्जालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा एमाले हरदम तयार छ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति