Nic Ad Nic Ad
Nic Ad Nic Ad

राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली यात्रा सुरु गर्ने भएको छ । भोलि सल्यानको सल्लीबजारबाट सुरु हुने यात्रा कात्तिक ११ गते मुगुको गमगढीमा पुगेर सम्पन्न हुने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

मिश्रले आज सामाजिक सञ्जाल एक्समा कर्णाली यात्राको तालिका सार्वजनिक गर्दै ६ दिनमा ६ जिल्ला ६ आमसभा भन्दै कार्यक्रमबारे जानकारी गराएका हुन् ।

वरिष्ठ उपाध्यक्ष मिश्रले कर्णाली बदल्न सके मात्रै देश बन्ने दाबी गर्दै यसो हुन नसके व्यक्ति बदलिने तर देश नबदलिने उल्लेख गरेका छन् ।कर्णाली यात्राको तालिका अनुसार राप्रपाले कात्तिक ७ गते सुर्खेतको बाबियाचौर, कात्तिक ८ गते दैलेखको दुल्लु, कालीकोटको मान्म, कात्तिक १० गते जुम्लाको गोठिजिउला र कात्तिक ११ गते मुगुको गमगढीमा आमसभा गर्ने तयारी गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्