Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य तोलाको १ लाख ६५ हजार ६ सय पुग्यो

सोमबार, कात्तिक ५, २०८१

काठमाडौँ -  सुनको मूल्यले फेरि अर्को कीर्तिमान बनाएको छ । हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो एकैदिन चाँदीको मूल्य ९५ रुपैयाँले बढेको थियो ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्